Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम ‘‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३” रहेको छ । (२) यो ऐन नेपाल राज्यभर लागू हुनेछ र नेपालमा स्थापित बैंक वा वित्तीय संस्थाले नेपाल बाहिर खोलेका शाखा वा सम्पर्क कार्यालय समेतमा लागू हुनेछ । (३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।